तेह्रथुम पावर कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले असार १६ देखि साउन ११ गतेसम्म १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो। उक्त अवधिमा आवेदन नपरेका ४ लाख १८ हजार ७३८ कित्ता सर्वसाधारण समूहका सेयर अब लिलामीमार्फत बिक्री गरिनेछ।
लिलामीका लागि शिलबन्दी बोलपत्र भोलि साउन २७ गतेदेखि भदौ ३ गतेसम्म पेश गर्न सकिनेछ। प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ भने लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य प्रस्ताव गर्नुपर्नेछ।
न्यूनतम आवेदन मात्रा १०० कित्ता तोकिएको छ। अधिकतम संख्यामा आवेदन दिन भने कुनै सीमा राखिएको छैन। यस लिलामीमा जोसुकै व्यक्ति वा कम्पनीले सहभागी भई आवेदन दिन सक्नेछन्।
यस लिलामीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड हो। इच्छुक लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयसँगै नबिल बैंकका विराटनगर, बिर्तामोड, वीरगञ्ज, हेटौँडा, जावलाखेल, सूर्यविनायक, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट पनि आवेदन दिन सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस