तेह्रथुम पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति जेठ ५ गते तय गरेको छ। कम्पनीले हालको ४० करोड रुपैयाँ चुक्ता पुँजीका आधारमा १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर ल्याउन लागेको हो।
यस प्रयोजनका लागि कम्पनीले जेठ ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यस अनुसार, जेठ ४ गतेसम्म कायम सेयरधनीहरूले मात्र हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।
त्यस्तै, कम्पनीले धितोपत्र दलालहरूलाई सम्बन्धित खरिदकर्ता सेयरधनीको हितग्राही खातामा सेयर ट्रान्सफर गरिदिन आग्रह समेत गरेको छ, ताकि योग्य सेयरधनीहरूले सहज रूपमा हकप्रद सेयरमा आवेदन दिन सकून्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस