Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको खुद मुनाफा १.११ अर्ब, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

सोमबार, १५ कार्तिक २०७८, ०६ : ४३ मा प्रकाशित

नबिल बैंकको खुद मुनाफा १.११ अर्ब, प्रतिसेयर आम्दानी कति ?

नबिल बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधीमा बैंकको मुनाफामा सामान्य बृद्धि आएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा बैंकले  १ अर्ब ११ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ७.३९ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा बैंकले  १ अर्ब ३ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा पनि ७.१३  प्रतिशतले बढेर १ अर्ब ५८ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा बैंकको सञ्चालन मुनाफा १ अर्ब ४८ करोड ३० लाख रूपैयाँ रहेको थियो । त्यसैगरी,  पहिलो त्रैमाससम्म आइपुग्दा बैंकको खुद व्याज आम्दानी पनि ४२.४१ प्रतिशतले बढेर २ अर्ब २४ करोड १५ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ८५ करोड १९ लाख रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १३ अर्ब ८४ करोड रुपैयाँ र जगेडा कोषमा १५ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । 

समिक्षा अवधिमा बैंकको खुद मुनाफा बढेपनि बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेर ३२ रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ ३१ पैसा रहेको छ भने समिक्षा अवधिमा मूल्य आम्दानी रेसिया (पिई रेसियों) ४६.५१ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको