Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बङ्गलादेश बैंककाे सेयरमूल्य समायोजन, समायोजन पछिको भाउ कति ?

अर्थ संसार

सोमबार, १५ कार्तिक २०७८, १० : ३२ मा प्रकाशित

नेपाल बङ्गलादेश बैंककाे सेयरमूल्य समायोजन, समायोजन पछिको भाउ कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल बङ्गलादेश बैंक लिमिटेडकाे सेयरमूल्य समायोजन भएको छ ।

बैंककाे १२ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ८० रूपैयाँ १८ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे ।  नेप्सेले आइतबारकाे अन्तिम कारोबार मूल्य ४ सय २५ रुपैयाँ ८० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंककाे २७औँ वार्षिक साधारण सभा मंसिर २ गते बिहीबार, बैंककाे रजिष्टर्ड कार्यालय, कमलादी, काठमाडाैँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुनेछ । 

सभामा बैंककाे असाेज २४ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा बैंककाे सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको वार्षिक प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तसम्मको बैंकको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण सहितका लेखा परिक्षण सम्बन्धी अनुसूचीहरू छलफल गरी पारित गर्ने, बैंकको आर्थिक वर्ष २०७८/०७९ को आय व्ययको लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू सभामा पारित हुनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको