Like us!
Follow us!
Connect us!
Watch us!

आरएमडीसी लघुवित्तको ईपीएस १०० रूपैयाँ नाघ्याे, नाफा कति ?

अर्थ संसार

सोमबार, १५ कार्तिक २०७८, ११ : ४० मा प्रकाशित

आरएमडीसी लघुवित्तको ईपीएस १०० रूपैयाँ नाघ्याे, नाफा कति ?

आरएमडीसी लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार संस्थाकाे वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) मा आकर्षक वृद्धि भएकाे देखिएकाे छ । संस्थाकाे नाफा लगायत अन्य प्रमुख वित्तीय सूचकहरू पनि बढेकाे छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले २६ करोड २४ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा २० कराेड रूपैयाँले धेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले ६ करोड ५ लाख ८३ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी पनि बढेर १२ कराेड १७ लाख ४८ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी १० कराेड १८ लाख रूपैयाँ रहेकाे थियाे ।

पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि बढेर १० कराेड ६६ लाख ८४ हजार रूपैयाँ पुगेकाे छ ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख २१ हजार रुपैयाँ र जगेडा कोषमा २ अर्ब १ करोड १ लाख ९१ हजार रुपैयाँ सञ्चित रहेको छ ।

समिक्षा अवधिमा संस्थाको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) १०१ रूपैयाँ ५० पैसा पुगेकाे छ । असार मसान्तसम्म संस्थाकाे प्रतिसेयर आम्दानी (ईपीएस) २२ रुपैयाँ ४९ पैसामा सीमित थियाे ।

संस्थाकाे प्रतिसेयर नेटवर्थ २९४ रुपैयाँ ३७ पैसा रहेको छ भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसियाे (पिई रेसियो) १४.७३ गुणा रहेको छ ।

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

 

617f8757c69f9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको