विभिन्न ५ वटा कम्पनीकाे साधारण सभा आज (कार्तिक १६ गते, मंगलबार) हुँदैछ । जसमध्ये, २ वटा वाणिज्य बैंक र एउटा विकास बैंक रहेका छन् ।
१. कुमारी बैंक लिमिटेड
कुमारी बैंक लिमिटेडकाे २१औँ वार्षिक साधारण सभा आज कार्तिक १६ गते मंगलबार, कुमारी बैंक लिमिटेड, नक्साल, काठमाडाैँमा बिहान ११:३० बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा बैंकको असाेज ११ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि २.६७ प्रतिशत नगद गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कार्तिक ८ गते एकदिन बुकक्लोज गरेको थियाे । त्यसैले, कार्तिक ७ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
२. सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडकाे पन्ध्राैँ वार्षिक साधारण सभा आज कार्तिक १६ गते मंगलबार, बैंकको केन्द्रिय कार्यलय नारायणहिटी मार्ग दरबारमार्ग, काठमाडौँमा साँझ ४ बजेबाट सुरु हुनेछ । सभामा बैंकको असोज ८ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि असोज २२ गते एक दिन बुकक्लोज गरिसकेको छ । त्यसैले असोज २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
३. सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकाे १७औँ वार्षिक साधारण सभा आज कार्तिक १६ गते मंगलबार, लैनचाैर ब्यांक्वेट, लैनचाैर, काठमाडाैँमा बिहान १० बजेदेखि सुरू हुनेछ । सभामा बैंककाे असाेज १९ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कार्तिक ५ गतेदेखि कार्तिक १६ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, कार्तिक ४ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
४. साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेड
साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडकाे ५४औँ वार्षिक साधारण सभा आज कार्तिक १६ गते मंगलबार बिहान ११ बजेदेखि भिडियाे कन्फ्रेन्सिङकाे माध्यमबाट सञ्चालन हुनेछ । सभामा कम्पनीकाे चैत्र २३ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई २० प्रतिशत बाेनस सेयर तथा कर प्रयाेजनका लागि ५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कार्तिक २ गतेदेखि कार्तिक १६ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, कार्तिक १ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
५. शिवम् सिमेन्ट लिमिटेड
शिवम् सिमेन्ट लिमिटेडकाे छैठाैँ वार्षिक साधारण सभा आज कार्तिक १६ गते, मंगलबार हाेटल साेल्टी, साेल्टीमाेड, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । कम्पनीले २९ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । सभामा कम्पनीकाे सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/०७८ को मुनाफा रकम समेतबाट शेयरधनीहरूलाइ चुक्ता पूँजी ४ अर्ब ४० करोड रूपैयाँको २९ प्रतिशतका दरले हुन आउने एक अर्ब २७ करोड ६० लाख रूपैयाँ करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयाेजनका लागि कार्तिक ८ गते एक दिन बुकक्लाेज गरेकाे छ । त्यसैले कार्तिक ७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा काराेबार भइ कायम हुने शेयरधनीहरू मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस