Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले २२ कराेड ५९ लाख मुद्दती निक्षेपमा लगानी गर्ने

अर्थ संसार

मंगलबार, १६ कार्तिक २०७८, १३ : ४९ मा प्रकाशित

राष्ट्र बैंकले २२ कराेड ५९ लाख मुद्दती निक्षेपमा लगानी गर्ने

नेपाल राष्ट्र बैंक लिमिटेडले २२ कराेड ५९ लाख रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ ।

बैंकले विभिन्न कोषहरूमा रहेको उक्त रकम ३६६ दिनका लागि (२०७८ साल मंसिर १ गतेदेखि २०७९ साल मंसिर १ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएकाे छ । 

बैंकले  ‘क’ वर्गका वाणिज्य बैंकमा १८ कराेड ९ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३ करोड ३८ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा एक करोड १२ लाख रुपैयाँ गरी कूल २२ कराेड ५९ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले कार्तिक २२ गते दिउँसाे २ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

मुद्दती निक्षेपकाे बारेमा सम्पूर्ण विवरण यस प्रकारकाे छ :

6180f26ccecaf.jpg 6180f2711d467.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको