Like us!
Follow us!
Connect us!
Watch us!

अघि बढ्यो अरुण काबेलीकाे हकप्रद निष्कासन प्रक्रिया, बिक्री प्रबन्धक नियुक्त

अर्थ संसार

मंगलबार, १६ कार्तिक २०७८, १५ : ५४ मा प्रकाशित

अघि बढ्यो अरुण काबेलीकाे हकप्रद निष्कासन प्रक्रिया, बिक्री प्रबन्धक नियुक्त

अरुण काबेली पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि कम्पनीले नबिल इनभेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ । 

कम्पनीकाे भाद्र २६ मा सम्पन्न भएकाे एघारौं वार्षिक साधारण सभाबाट बोनस वितरण गरेपश्चात कायम हुन आउने चुक्ता पूँजीको १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेकाे छ ।

अरुण काबेली पावर लिमिटेड कम्पनीले मेची अञ्चलको पाँचथर र ताप्लेजुङ जिल्लाबीच भई बहने काबेली नदीमा २५ मेगावाट क्षमताको काबेली बि -१ जलविद्युत आयोजनाको निर्माण पुरा गरी २०७६ साल कार्तिक २३ गतेदेखि व्यवसायिक उत्पादन गरिरहेको छ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
 

61810fbb32643.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको