Like us!
Follow us!
Connect us!
Watch us!

जीएमई–पे को लाइसेन्स खारेज

अर्थ संसार

बुधबार, १७ कार्तिक २०७८, १२ : ४२ मा प्रकाशित

जीएमई–पे को लाइसेन्स खारेज

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक जीएमई–पे प्राइभेट लिमिटेडको अनुमतिपत्र खारेज गरेको छ ।

राष्ट्र बैंकले २०७७ साल असोज २२ गते जिएमई–पे प्राइभेट लिमिटेड, लैनचौर काठमाडौँलाई भुक्तानी सेवा प्रदायकको कार्य गर्न अनुमतिपत्र प्रदान गरिएकाे थियाे ।

भुक्तानी तथा फर्छ्योट विनियमावली २०७७ को विनिमय ३५ को उपविनिमय १ को (क) को व्यवस्थाबमोजिम उक्त अनुमतिपत्र खारेज गरिएको बैंकले जनाएकाे छ । 

भुक्तानी तथा फर्छ्योट विनियमावली अनुसार भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमति लिएको मितिले ६ महिनाभित्र सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था रहेकाे छ । उक्त अवधिभित्र सेवा सञ्चालन नगरेमा अनुमतिपत्र स्वत: खारेज हुने व्यवस्था छ । 

राष्ट्र बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 
 

6182334df2bb1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको