Like us!
Follow us!
Connect us!
Watch us!

आजकाे माैसम : हिमाली क्षेत्रमा हिमपातको सम्भावना, यी स्थानमा हल्का वर्षा

अर्थ संसार

शुक्रबार, १९ कार्तिक २०७८, ०७ : ४५ मा प्रकाशित

आजकाे माैसम : हिमाली क्षेत्रमा हिमपातको सम्भावना, यी स्थानमा हल्का वर्षा

आज शुक्रबार मुलुकका हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीमा बदली रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति सामान्य बदलीको आँकलन गरिएको छ । 

शनिबार प्रदेश १, २, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको