Like us!
Follow us!
Connect us!
Watch us!

भक्तपुरबाट १२ लाख ४३ हजार नगदसहित १५ जुवाडे पक्राउ

अर्थ संसार

आइतबार, २१ कार्तिक २०७८, ११ : ३१ मा प्रकाशित

भक्तपुरबाट १२ लाख ४३ हजार नगदसहित १५ जुवाडे पक्राउ

प्रहरीले जुवाखालबाट नगदसहित १५ जनालाई पक्राउ गरेको छ ।

गए राति चाँगुनारायण नगरपालिका–८ सुडाल पुरीगाँउस्थित मणिराम पुरीका घरमा जुवा खेलिरहेका अवस्थामा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक लोकबहादुर जिसीको कमाण्डमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जुवातास खेलिरहेको जानकारी आएपछि गएको टोलीले पुरीका घरमा छापा मार्दा जुवातास खेलिरहेका अवस्थामा नगद रु १२ लाख ४३ हजार ७८० सहित १५ जनालाई पक्राउ गरेको बताए।

उनकाअनुसार पक्राउ पर्ने जुवातास खेलाउने घरधनी ५२ वर्षीय मणिराम पुरी, जुवा खेल्ने २५ वर्षीय सुशील खत्री, २८ वर्षीय चन्द्रशेखर खत्री, ३३ वर्षीय नवराज खत्री, ५१ वर्षीय राजन कार्की, ४२ वर्षीय चिरञ्जीवी फुँयाल, ३० वर्षीय जनक खत्री, ४३ जीवन श्रेष्ठ, ३७ वर्षीय परमेश्र थापा, ३८ वर्षीय प्रेमकुमार विक, ४५ वर्षीय सरोज भण्डारी, ३९ विनोद तिमिल्सिना, ३५ वर्षीय विकास लामा, ३८ वर्षीय रुपेश न्याजु र काठमाडौं गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीका ५० वर्षीय रामु भण्डारी छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा राजनीतिक दलसम्वद्ध केही युवा नेता र पत्रकारसमेत छन्। यसअघि पनि चाँगुनारयणबाट केही युवानेतासहित प्रहरीले पक्राउ गरी नौ हजार धरौटीमा रिहा गरेको थियो। प्रहरीले नेताको नाम भने सार्वजनिक गरेको थिएन।

मणिराम पुरीले यसअघि पनि पटकपटक जुवातास खेलाउँदै आएको अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी गिरीले जानकारी दिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको