Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत व्यापारले देशकै व्यापार घाटाको सुधार गर्छ : मन्त्री भुसाल

अर्थ संसार

आइतबार, २१ कार्तिक २०७८, १५ : ०९ मा प्रकाशित

विद्युत व्यापारले देशकै व्यापार घाटाको सुधार गर्छ : मन्त्री भुसाल

उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले विद्युत व्यापारले देशकै व्यापार घाटाको अवस्थामा सुधार गर्ने बताएकी छिन् ।

आज आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले भारत र बंगलादेश लगायतका छिमेकी देशहरुलाई विद्युत बिक्रीको बाटो खुलेको बताउँदै विद्युत व्यापारले देशकै व्यापार घाटाको अवस्थामा सुधार गर्ने बताएकी हुन् । भारतसँग विद्युत व्यापार शुरु भइसकेको र बंगलादेशसँग सकारात्मक ढंगले कुरा अघि बढिरहेको उनले बताएकी छिन् ।

‘उर्जा व्यापार पहिलेदेखि नै शुरु भएको हो, तर हामीले बढी हुँदा पनि सप्लाइ गर्न सकेका थिएनौँ । अहिले भारतको सम्बन्धित निकायले हामीसँग विद्युत खरिद गर्ने सहमति गरेर सप्लाइ सुरु भइसकेको छ, त्यसैले विद्युत व्यापारको शुरुवात भएको भनेर यसलाई मान्न सकिन्छ,यस प्रकारको व्यापार दक्षिण एशियाकाे पहिलो हो । हामी कहाँ क्रमशः जलविद्युत उत्पादन हुँदै गइरहेको छ । आन्तरिक खपत पनि बढाउने आवश्यकता छ ।त्यसको पनि अध्ययन र तयारीमा छौँ । तर हामीसँग बढी नै इनर्जी हुने कुराको निर्यात गर्न सक्ने, पाउने नयाँ स्थितीमा पुगेका छौँ । यसले विद्युतको व्यापार मात्रै हुन्न, हाम्रो व्यापारको असन्तुलन छ, व्यापार घाटा बढी छ, त्यसलाई क्रमशः न्यूनिकरण गर्ने भुमिका खेल्छ । भर्खर हामीले भारतमा विद्युत व्यापार शुरु गरेका छौँ, बंगलादेश भारत भएर जाने हो, त्यसैले हामीलाई त्रिपक्षिय सम्झौता हुनुपर्छ, त्यो सम्पन्न हुन पनि सकारात्मक वातावरण बन्दै गएको छ ।’, उनले भनिन् ।

कुराकानीकाे क्रममा उनले भान्सामा प्रयोग हुने एलपी ग्यास लगायतका ऊर्जाहरूलाई विद्युतले विस्थापित गर्न सके देशको व्यापार घाटा कम हुने बताइन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको