गुराँस लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (कार्तिक २२ गते, सोमबार) अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोलि कार्तिक २३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (कार्तिक २२ गते) सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीको छैठौँ वार्षिक साधारण सभा मंसिर १० गते, कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तिनकुने, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । भिडियो कन्फ्रेन्सको माध्यमबाट सभा गर्ने कम्पनीले जनाएको छ ।
सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.५०५ बोनस सेयर र कर प्रयोजनको लागि ०.२८५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस