Like us!
Follow us!
Connect us!
Watch us!

गत वर्ष शतप्रतिशत लाभांश घाेषणा गरेकाे हिमालयन डिष्टिलरीको यस्ताे छ ८ वर्षको लाभांश इतिहास

अर्थ संसार

सोमबार, २२ कार्तिक २०७८, १३ : ५० मा प्रकाशित

गत वर्ष शतप्रतिशत लाभांश घाेषणा गरेकाे हिमालयन डिष्टिलरीको यस्ताे छ ८ वर्षको लाभांश इतिहास

हिमालयन डिष्टिलरी कम्पनी लिमिटेड नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत कम्पनीहरूमध्येकाे एक हाे । हाल दाेश्राे बजारमा कम्पनीकाे सेयरमूल्य प्रतिकित्ता ७ हजार एक सय ७४ रूपैयाँ रहेकाे छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ अर्ब ४ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम अघिल्लाे वर्षको सोही अवधिको तुलनामा १२२.९० प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको बिक्री आम्दानी ३६.५० प्रतिशतले बढेर ६ अर्ब ५० करोड ७० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको चुक्ता पूँजी ८६ करोड ७७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोषमा १ अर्ब १३ करोड ६२ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी ११९ रुपैयाँ ९४ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ९५ पैसा पुगेको छ । 

हालसम्म कम्पनीले यस आर्थिक वर्षकाे लाभांश घाेषणा गरेकाे छैन । कम्पनीले गत वर्ष आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ५० प्रतिशतले हुन आउने बोनस सेयर र कर सहित ५० प्रतिशत नगद गरि कुल १०० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे । अहिले कम्पनीकाे वित्तीय अवस्था झनै बलियाे भएकाे हुनाले कम्पनीले लाभांश दर बढाउने लगानीकर्ताहरूले प्रक्षेपण गरेका छन् । 

कम्पनीकाे विगत ८ वर्षकाे लाभांश इतिहास नियाल्दा कम्पनीले पछिल्लाे २ वटा आर्थिक वर्षमा मात्र बाेनस वितरण गरेकाे छ । नत्र विगतका वर्षहरूमा कम्पनीले नगद लाभांश मात्रै वितरण गर्ने गर्थ्याे । हालसम्म कम्पनीले घाेषणा गरेकाे लाभांशमध्ये सबैभन्दा धेरै आर्थिक वर्ष २०७५/७६ मा ५० प्रतिशत बाेनस र ५२.६३ प्रतिशत नगद गरि कूल १०२.६३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे । त्यस्तै, कम्पनीले सबैभन्दा थाेरै आर्थिक वर्ष २०७०/७१ मा १०.५२ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे ।

हिमालयन डिष्टिलरी कम्पनी लिमिटेडकाे ८ वर्षकाे लाभांश इतिहास यस प्रकारकाे छ :

१. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १०.५२ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा पनि कम्पनीले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २१.०५ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा पनि कम्पनीले आफ्ना सेयरधनीहरूलाई २१.०५ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे ।

६.  आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा नै ६८.४२ प्रतिशत अन्तरिम लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ५० प्रतिशत बाेनस र ५२.६३ प्रतिशत नगद गरि कूल १०२.६३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ५० प्रतिशत बाेनस र ५० प्रतिशत नगद गरि कूल १०० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको