Like us!
Follow us!
Connect us!
Watch us!

श्वेतपत्र जारी गर्ने बाग्मती मुख्यमन्त्री पाण्डेको घोषणा

अर्थ संसार

सोमबार, २२ कार्तिक २०७८, १७ : १८ मा प्रकाशित

श्वेतपत्र जारी गर्ने बाग्मती मुख्यमन्त्री पाण्डेको घोषणा

बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सरकारका तर्फबाट श्वेतपत्र जारी गर्ने बताएका छन् । 

प्रदेशसभाको सोमबारको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले पूर्ववर्ती सरकारले गरेका काम, गर्न बाँकी रहेका कार्य र गर्न नहुने गरेका कार्यलाई समेटेर श्वेतपत्र जारी गर्ने जानकारी दिएका हुन् । 

आफ्नो सरकारले क्यालेन्डर बनाएर काम गर्ने भन्दै उनले राम्रो काम गर्नेलाई प्रोत्साहन र राम्रो काम नगर्नेलाई दण्डित गर्ने बताए । प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतको प्रस्तावमाथि मत विभाजन हुँदैछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको