Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंक र आईसीएफसी फाइनान्सकाे सेयरमूल्यमा नकारात्मक सर्किट

अर्थ संसार

मंगलबार, २३ कार्तिक २०७८, ११ : ०७ मा प्रकाशित

महालक्ष्मी विकास बैंक र आईसीएफसी फाइनान्सकाे सेयरमूल्यमा नकारात्मक सर्किट

नेपाल स्टक एक्सचेञ्जमा महालक्ष्मी विकास बैंक लिमिटेडकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । मंगलबार नियमित काराेबार खुलेकाे प्रारम्भमै दुवै कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले घटेकाे हाे ।

मंगलबार महालक्ष्मी विकास बैंककाे सेयरमूल्य १० प्रतिशतले घटेर ७ सय ९३ रूपैयाँ ८० पैसा र  आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले घटेर ९ सय ५६ रूपैयाँ ७० पैसामा झरेकाे छ ।

कार्तिक ११ गते ६३९ रूपैयाँ रहेको महालक्ष्मी विकास बैंक लिमिटेडको सेयरमूल्य हिजोसम्म आइपुग्दा बढेर ८ सय ८२ रूपैयाँ पुगेको छ । ५ कारोबार दिनमा बैंकको सेयरमूल्य प्रतिकित्ता २ सय ४३ रूपैयाँले बढेको हो ।

कार्तिक ११ गते ७९० रूपैयाँ रहेकाे आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य हिजाेसम्म आइपुग्दा बढेर एक हजार ६३ रूपैयाँ पुगेको छ । ५ कारोबार दिनमा फाइनानसकाे सेयरमूल्य प्रतिकित्ता २ सय ७३ रूपैयाँले बढेको हो । 

यी २ कम्पनीकाे सेयरमा कर्नरिङ भएकाे भन्ने समाचारहरू बाहिरीएपछि दुवै कम्पनीकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे हाे । नेपाल धितोपत्र बोर्डले पनि आईसिएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको सेयर कर्नरिङको अनुसन्धान गर्ने भएको छ । बजार सुस्त भईरहेका बेला खेलाडीहरुले आफ्नो शेयर बेच्नका लागि कृतिम मूल्य सृजना गरे पछि बोर्डले यस विषयमा अनुसन्धान गर्ने भएकाे हाे ।

618a087593caa.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको