Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न प्राइम लाइफले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

अर्थ संसार

मंगलबार, २३ कार्तिक २०७८, ११ : ४० मा प्रकाशित

लाभांश पारित गर्न प्राइम लाइफले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

प्राइम लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे आज (कार्तिक २३ गते, मंगलबार) सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चाैधाैँ वार्षिक साधारण सभा मंसिर १९ गते, आइतबार हुनेछ । 

सभामा कम्पनीकाे सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १० गते बुक क्लोज गर्ने भएको छ । त्यसैले, मंसिर ९ गतेसम्म कायम सेयरधनीहरूले मात्र उक्त लाभांश पाउनेछन् । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

618a0d29c105c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको