Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लघुवित्तको साधारण सभा सम्पन्न, १७.७८ प्रतिशत लाभांश पारित

अर्थ संसार

मंगलबार, २३ कार्तिक २०७८, १४ : ४५ मा प्रकाशित

गुराँस लघुवित्तको साधारण सभा सम्पन्न, १७.७८ प्रतिशत लाभांश पारित

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

न्यु अञ्जुली होटल धनकुटामा संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले आर्थिक वर्ष ७७।७८ सम्मको मुनाफाबाट चुक्ता पुँजीको ०.८८ प्रतिशत नगद लाभांश र १६.९० प्रतिशत बोनस सेयर गरी १७.७८ प्रतिशत लाभांश स्वीकृत गरेकाे छ ।

यसका साथै आर्थिक वर्ष ७७।७८ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षण भएको आर्थिक वर्ष ७७।७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित वित्तीय विवरणहरु तथा संस्थाको प्रबन्धपत्र तथा नियमावलीका विभिन्न दफाहरु संशोधनको प्रस्ताव समेत पारित गर्नुका साथै आर्थिक वर्ष ७८।७९ का लागि लेखापरिक्षक नियुक्ती समेत गरेको छ ।

उक्त साधारण सभाले संस्थापक समूह “क” अन्तर्गत रिक्त रहेका ४ जना संचालकहरुमा उदयनारायण बराल, अशोक गौतम, राजु प्रसाद अधिकारी र विजय कुमार दाहाललाई निर्विरोध निर्वाचित गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको