Like us!
Follow us!
Connect us!
Watch us!

जागिरकाे खाेजीमा हुनुहुन्छ ? प्राविधिक र स्वास्थ्य सेवामा जागिर खुल्यो, साढे दुई सयलाई अवसर

अर्थ संसार

बुधबार, २४ कार्तिक २०७८, १० : ५९ मा प्रकाशित

जागिरकाे खाेजीमा हुनुहुन्छ ? प्राविधिक र स्वास्थ्य सेवामा जागिर खुल्यो, साढे दुई सयलाई अवसर

लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवा (आठौं, सातौं) मा स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । 

आयोगले आज बुधबार गोरखापत्रमा सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगिताका लागि विज्ञापन आह्वान गरेको हो । तृतीय श्रेणी प्राविधिकमा १६३ जनाका लागि विज्ञापन आह्वान भएको छ भने  संघीय संसद सेवा (प्राविधिक) का लागि ७ सिट छुट्याइएको छ ।

यसैगरी, स्वास्थ्य सेवा आठौँ तहका लागि ४२ र स्वास्थ्य सेवा सातौँ तहका लागि ५६ जना माग गरिएको छ ।

१४ मंसिरभित्र आवेदन दिइसक्नुपर्ने पनि आयोगले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको