Like us!
Follow us!
Connect us!
Watch us!

पाचन प्रणालीसँग समस्या भएकाले नर्भिकमा निःशुल्क सेवा पाउने

अर्थ संसार

विहीबार, २५ कार्तिक २०७८, १२ : ५९ मा प्रकाशित

पाचन प्रणालीसँग समस्या भएकाले नर्भिकमा निःशुल्क सेवा पाउने

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार पाचनप्रणालीसँग सम्बन्धित स्वास्थ्य समस्या भएकाहरुलाई फोकस गरी निःशुल्क ओपिडी सेवा सञ्चालन हुने भएको छ । 

कात्तिक २७ गते शनिबारका दिन पाचनप्रणालीसँग सम्बन्धित समस्या भएकाहरुलाई फोकस गरी निःशुल्क ओपिडी सञ्चालन हुन लागेको हो । 
नर्भिक अस्पतालका कन्सलट्यान्ट ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा डाइजेस्टिभ डिजीज सेन्टरका विभागीय प्रमुख डा.सन्दीपराज कुँवरले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । 

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपिडी सेवालाई सञ्चालन गर्दै आएको छ । यही सेवा अन्तर्गत शनिबार १० देखि १२ बजेसम्म डा. कुँवरले निःशुल्क सेवा दिन लागेका हुन् । 

सर्वसाधारणको निःशुल्क ओपिडी सेवाप्रतिको आकर्षण समेत बढिरहेको अस्पतालले जनाएको छ । 

निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको