Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलियम पदार्थकाे मूल्य वृद्धिकाे विराेधमा नेपाल बन्दकाे घाेषणा

अर्थ संसार

विहीबार, २५ कार्तिक २०७८, १३ : १७ मा प्रकाशित

पेट्रोलियम पदार्थकाे मूल्य वृद्धिकाे विराेधमा नेपाल बन्दकाे घाेषणा

नेपाल कम्युनिस्ट पार्टी (बिप्लव) ले पेट्रोलियम तथा अत्यावश्यक वस्तुकाे मूल्य वृद्धिकाे विराेधमा नेपाल बन्दकाे घाेषणा गरेकाे छ । 

जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा नेपाल सरकारले निरन्तर मूल्यवृद्धि गर्दै आएको हुनाले बिप्लवले देशव्यापी विरोध कार्यक्रम गर्न लागेकाे हाे । जस अन्तर्गत कात्तिक २५ गते देशव्यापी विरोध प्रदर्शन कात्तिक २६ गते प्रचार प्रसार र साँझ मशाल जुलुस, कात्तिक २७ गते देशव्यापी प्रदर्शन, कात्तिक २८ गते चक्का जाम, कात्तिक २९ गते दिउँसो सिट्टी जुलुस तथा साँझ मशाल जुलुस र कात्तिक ३० गते नेपाल बन्द गरिनेछ । 

बिप्लवकाे विज्ञप्तिमा भनिएकाे छ, "जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा नेपाल सरकारले निरन्तर मूल्यवृद्धि गर्दै आएको र यसप्रकारको सरकारी दोहनलाई जनताले निरीहतापूर्वक पालना गर्नुपर्ने वाध्यता जस्तै बनेको तथ्य हाम्रो सामु छ । भर्खरै मात्र पनि पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ, आन्तरिक तथा बाह्य हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा ७५ रुपैयाँका हिसाबले मूल्य वृद्धि गरियो । जसअनुसार रु. ४७ मा आयात गरिने पेट्रोलियम रु १३३ मा विक्रि गरिने छ । विज्ञहरूले मापन गरे अनुसार सबै कर कट्टा गर्दा पनि मुनाफा सहित पेट्रोल रु. ७० मा बिक्रि गर्न सकिन्छ । दैनिक रुपमा असुल गरिने यो सरकारी लुट कुन प्रयोजनमा लगानी गरिन्छ ?

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिले निश्चित रुपमा यातायात लगायत आयात गरिने सवै सामानहरूको मूल्यमा पनि वृद्धि हुनेछ । भखरै भएको मूल्य वृद्धिसँगै जनताले एकातिर करिव २०० प्रतिशत बढी मूल्य भुक्तानी गर्न विवश हुनेछन् भने अर्कोतिर त्यसको प्रभावले सार्वजनिक यातायातसहित ढुवानी गरिने सम्पूर्ण सरसामानहरूमा मूल्यवृद्धि हुनेछ । यसबाट नेपाली उपभोक्ता कैयौं गुणा बढी मारमा पर्नेछन् । हाम्रो पार्टी जनसरोकारको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहन सक्दैन । तसर्थ सम्पूर्ण मूल्यवृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन पार्टीका सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायमा हार्दिक अपिल गर्दछ । साथै जनभावनाको कदर गर्दै मूल्यवृद्धि तुरुन्त खारेज गर्न सरकारसंग पनि अपिल गर्दछ।"

हेर्नुस् विज्ञप्ति :

No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको