Like us!
Follow us!
Connect us!
Watch us!

फेसबुकमा जनप्रतिनिधिको आलोचना गर्दा वडाको सेवा नै प्रतिबन्ध

अर्थ संसार

शनिबार, २७ कार्तिक २०७८, ०८ : २९ मा प्रकाशित

फेसबुकमा जनप्रतिनिधिको आलोचना गर्दा वडाको सेवा नै प्रतिबन्ध

सल्यानकाे बागचौर नगरपालिका-४ का वडाध्यक्ष प्रेमबहादुर पुनले अनाैँठाे निर्णय लिएका छन् । आफ्नाे र वडाकाे आलाेचना गरेकाे भन्दै उनले स्थानीय दिलबहादुर केसीलाई सेवा बञ्चित गरेका हुन् ।

'केसीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत वडाध्यक्ष र वडा सदस्य लगायत जनप्रतिनिधिहरुलाई ‘छोटे राजा’को संज्ञा दिएको हुँदा उनलाई वडाबाट दिइने सेवा सुविधानबाट बञ्चित गरिएकाे छ । केसीले कमजोरी नसच्याउँदासम्म वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुमा प्रतिबन्ध लगाइएको छ.' वडाले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ ।

पुन नेकपा माओबादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन्  भने केसी पनि माओवादी केन्द्रकै कार्यकर्ता हुन् ।

के हो घटना 

घटना बिवाहसँग जाेडिन्छ । केसीका भाइले सात महिना अघि गाउँकै एक जना वर्षीया किशोरीसँग बिवाह गरेका थिए । किशोरी साेही वडाका वडा सदस्यका आफन्त हुन् ।

तर आफ्ना भाइविरुद्ध बलात्कारको मुद्दामा फसाउने षड्यन्त्र भएकाे भन्दै केसी वडासँग रुष्ट भएका थिए ।  ‘विवाह भएको कुरा वडाध्यक्ष लगायत सबैलाई थाहा थियो । विवाह हुँदा नखोज्ने तर सात महिनापछि बलात्कारको मुद्दा हाल्न लगाउनु कति जायज हो,’ केसीले भने ।

कानुनी रुपमा २० बर्षभन्दा कम उमेरमा विवाह गर्न पाइँदैन । तर, सांस्कृति रुपमा विवाह सम्पन्न भइसकेपछि कसैलाई फसाउन खोज्नु गलत भएको केसीले दाबी छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको