Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीकाे सेयर सूचिकृत, कुनकाे कति कित्ता ?

नेप्से

शनिबार, २७ कार्तिक २०७८, १२ : ३५ मा प्रकाशित

नेप्सेमा २ कम्पनीकाे सेयर सूचिकृत, कुनकाे कति कित्ता ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता विभिन्न २ वटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । स्टकका अनुसार एउटा कम्पनीकाे हकप्रद सेयर र एउटा कम्पनीकाे प्राप्ति पश्चातकाे सेयर यस साता नेप्सेमा सूचिकृत भएकाे हाे ।

बिहीबार हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) काे ७ कराेड ७० लाख कित्ता हकप्रद सेयर सूचिकृत भएकाे हाे । कम्पनीले साउन ५ गतेबाट भदाै ८ गते, मंगलबारसम्म १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गरेकाे थियाे । उक्त हकप्रद सबै बिकेकाे थिएन । कम्पनीले फेरि लिलाम बढाबढ गरेर बिक्री खुल्ला गरेकाे थियाे ।

त्यसैगरी, बिहीबार नै इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्तलाई १:०.९८ काे अनुपातमा प्राप्ति गर्दा कायम हुन आएकाे प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे ६ लाख ३९ हजार ५ सय ३५ दशमलव २२ कित्ता सेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको