Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको खुद नाफा ३४.३७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

आइतबार, २८ कार्तिक २०७८, ०६ : ५९ मा प्रकाशित

निफ्राको खुद नाफा ३४.३७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। आज आइतबार प्रकाशित विवरण अनुसार विवरण अनुसार बैंकको मुनाफा ३४.३७ प्रतिशतले बृद्धि भएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले २४ करोड २० लाख रुपैयाँ खुद मुनाफा  हासिल गरेको छ। यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४.३७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १८ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

बैंकको वितरणयोग्य मुनाफामा पनि बृद्धि भएको छ । बैंकको वितरणयोग्य मुनाफामा पनि बृद्धि भएर १९ करोड ६ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजीमा ६६.६७ प्रतिशत बढेको छ भने जगेडा कोष ४५.६९ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १९.२६ प्रतिशत र कर्जा उल्लेख्य बढेको छ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा पनि सामान्य बृद्धि भएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा बैंकले २८ करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो बर्ष त्यो ४५.८२ प्रतिशतले बढेर ४१ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानीसंगै बैंकको सञ्चालन मुनाफामा पनि बृद्धि भएको छ अघिल्लो बर्ष यहि अवधिमा संस्थाको सञ्चालन मुनाफा २८ करोड ३५ लाख रुपैयाँ रहेकोमा बैंकको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४६.२८ प्रतिशतले बृद्धि भएर ४१ करोड ४८ लाख रुपैयाँ पुगेको छ । 

बैंकको खुद मुनाफामा बृद्धि भए पनि प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ । अघिल्लो बर्षको यहि अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैया ४७ पैसा रहेकोमा अहिले त्यो १ रुपैयाँ १६ पैसाले घटेर ४ रुपैयाँ ८४ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात (पिई रेसियो) ७४.३७ गुणा रहको छ रहेको छ भने बैंकको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ २२ पैसा रहेको छ ।  

कस्तो छ कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

619063b80123c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको