Like us!
Follow us!
Connect us!
Watch us!

युनाईटेड इन्स्योरेन्सले खुद नाफा बढायो, इपिएस कति ?

अर्थ संसार

आइतबार, २८ कार्तिक २०७८, ०७ : ५४ मा प्रकाशित

युनाईटेड इन्स्योरेन्सले खुद नाफा बढायो, इपिएस कति ?

युनाईटेड इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफामा बृद्धि आएको छ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  यो नाफा गत आर्थी वर्षको सोहि अवधिको तुलनामा १३ लाख रुपैयाँले बढि हो ।  गत वर्ष कम्पनीले १ करोड ६ लाख खुद नाफा कमाएको थियो । 

असोज मसान्तसम्म कम्पनीले २१ करोड ४० लाख बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष कम्पनीले बीमा शुल्क मार्फत १३ करोड १३ लाख आर्जन गरेको थियो । 

सो अवधिसम्ममा कम्पनीले ७ करोड ८ लाखभन्द बढी दावी भुक्तानी गरेको छ ।  यस्तै कम्पनीको बीमा कोषमा ३३ करोड ८८ लाख रहेको छ । कम्पनीको जगेडा कोषमा ११ करोड ७७ लाख रहेको छ । 

समिक्षाअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १.१६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४४.४१ रुपैयाँ रहेको छ । 

यस्तो छ कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

6190703596f52.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको