Like us!
Follow us!
Connect us!
Watch us!

कोरिया पुनः प्रवेशका लागि आवेदन आह्वान

पत्रपत्रिका

आइतबार, २८ कार्तिक २०७८, ०७ : ५९ मा प्रकाशित

कोरिया पुनः प्रवेशका लागि आवेदन आह्वान

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियामा रोजगारी गरेर फर्केका नेपाली युवाका लागि २० महिनापछि पुनः प्रवेश गराउन विशेष भाषा परीक्षाको आह्वान भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालले कोरियामा सन् २०१० यता काम गरेर फर्केका नेपाली श्रमिकका लागि पुनः रोजगारीमा जाने अवसर खुलेको जनाएको हो ।

कोरोना संक्रमणका कारण लामो समय रोकिएको सन् २०२१ को कोरियन भाषा विशेष परीक्षा ९स्पेसल ईपीएस टपिक २०२१० को लागि आवेदन खुला भएको हो । नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच सम्पन्न समझदारीपत्र अनुरुप ईपीएस अन्तर्गत कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारहरुलाई पुनः कामदारको रुपमा पठाउनका लागि परीक्षा हुने भएको हो । कोरियामा काम गरेर फर्केका नेपाली श्रमिकका लागि मानव संशाधन विकास बोर्ड ९एचआरडी० कोरियाबाट सञ्चालन हुने कम्प्युटरमा आधारित कोरियन भाषा विशेष परीक्षा कार्यक्रममा सामेल हुन चाहने नेपालीका लागि सूचना प्रकाशन गरिएको ईपीएस शाखाले जनाएको छ ।

शाखाका प्राविधिक टेक खड्काका अनुसार सन् २०१० पछि फर्केका मध्ये तोकिएको मापदण्डमा परेका २१ हजार १५४ युवा परीक्षामा सहभागी हुन पाउने छन् । कोरिया बसाइको बेला एचआरडी या कोरियाबाट मौसमी कामदार भई फर्केका, सन् २०१६ पश्चात लिइएको टपिक लेभल ३ उत्तिर्ण र सन् २०१६ पश्चात सीप विकास तालिम लिएका व्यक्तिहरुको हकमा प्रमाण पेस गरेमा परीक्षा दस्तुर मिनाहा हुनेछ । साथै तोकिए अनुसार थप ५ देखि २० अंक बोनस दिइने जनाइएको छ । यस्तो सुविधा अन्तर्गत ६११ जनाले ५ अंक, १२६ श्रमिकले १० अंक, ९५ श्रमिकले १५ र ९ श्रमिकले २० अंक प्राप्त गरेको र उनीहरुले तोकिएको २४ अमेरिकी डलर परीक्षा शुल्क मिनाहा गरिएको छ ।

यसका लागि ६ देखि ८ मंसिरसम्म आवेदन दिन सकिने शाखाले जनाएको छ । परीक्षाको नतिजा १ पुसदेखि ७ गतेसम्म प्रकाशित हुने जनाइएको छ । परीक्षा उत्तीर्ण गरेका युवालाई कोरियाको उत्पादनमूलक, कृषि तथा पशुपालन क्षेत्रमा रोजगार मिल्नेछ । परीक्षा शुल्क २४ अमेरिकी डलर लाग्नेछ भने आवेदकले जुन दिनमा फाराम दर्ता गराउने हो, सो दिनको अघिल्लो दिनका लागि केन्द्रीय बैंकले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ परीक्षा शुल्क बुझाउन पर्नेछ ।

कोरिया जान ईपीएस अन्तर्गत गणतन्त्र कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात भिषा अवधि भित्रै स्वैच्छिक रुपले नेपाल फर्केका कामदारहरुले आवेदन दिन सक्नेछन् । आवेदन दिने युवाको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ । परीक्षार्थी फौजदारी अभियोगमा अदालतबाट जेल सजाय नपाएको, गणतन्त्र कोरियामा गई गैरकानुनी रुपमा बसोबास नगरेको र नेपालबाट अन्य मुलुकमा जान रोक नलगाइएको हुनुपर्ने मापदण्ड छ ।

कारोबार दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको