Like us!
Follow us!
Connect us!
Watch us!

कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि

पत्रपत्रिका

शनिबार, १४ जेठ २०७९, ०७ : २० मा प्रकाशित

कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि

कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा जेठ १९ देखि असार ३ सम्म सञ्चालन हुने जनाइएको हो । यसअघि वैशाख २६ देखि सञ्चालन गर्ने भनिए पनि स्थानीय तहको निर्वाचनका कारण स्थगन गरिएको थियो ।

ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कुटुवालले परीक्षा अवधिमा सार्वजनिक बिदाका दिनबाहेक अन्य दिन दैनिक तीन सिफ्टमा छ सय जनाको दरले परीक्षा दिन सक्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए । गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको