Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से अपडेटः एचआईडीसीएलको सेयर मूल्यमा नकारात्मक सर्किट !

अर्थ संसार

आइतबार, २८ कार्तिक २०७८, ११ : २३ मा प्रकाशित

नेप्से अपडेटः एचआईडीसीएलको सेयर मूल्यमा  नकारात्मक सर्किट !

आज आईतबारको सेयर कारोबारको प्रारम्भमा नै हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को सेयर मूल्यमा नकारात्मक सर्किट ब्रेक लागेको छ । 

गत विहिबार ३५० रुपैयाँमा अन्तिम कारोबार भएको कम्पनीको सेयर मूल्य आज कारोबारको प्रारम्भमा नै १० प्रतिशतले घटेर नकारात्मक सर्किट ब्रेक लागेको हो । कम्पनीको सेयर मूल्य अहिले ३५ रुपैयाँ प्रतिकित्ताले घटेर ३१५ रुपैयाँ पुगेको छ । 

गत बिहिबार मात्र नेप्सेमा कम्पनीको ७ करोड ७० लाख कित्ता हकप्रद सेयर सूचिकृत भएको थियो ।

कम्पनीले गत साउन ५ गतेबाट भदौ ८ गते, मंगलबारसम्म १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । उक्त हकप्रद सबै बिकेको थिएन । कम्पनीले फेरि लिलाम बढाबढ गरेर बिक्री खुल्ला गरेको थियो ।

6190a120f2f78.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको