अर्थ संसार, काठमाडौं–परियोजनाको रुपमा लिखु जलविद्युत् आयोजना अगाडि बढ्ने भएको छ ।
नेपालको जलविद्युत् लगानीको इतिहासमा नेपाल र भारतका लगानीकर्ताको संयुक्त लगानीको सो आयोजनाको क्षमता ५२.४ मेगावाट रहेको छ ।
आयोजनाको हालै सिभिल र हाइड्रोमेकानिकल निर्माणमा परेको बोलपत्र मूल्यांकन भइरहेको छ । निर्माण व्यवसायीसँग ठेक्का सम्झौता भएपछि आयोजना निर्माण हुने आयोजना प्रमुख बद्री रिजालले बताउँछन् ।
आयोजनामा सिभिल निर्माणको काम आउँदो हिउँददेखि सुरु हुनेछ । आयोजनाको काम आगामी वि.सं. २०७७ को असोजमा सम्पन्न गर्ने प्रतिवद्धता प्रवद्र्धक ग्रिन भेन्चर्सले गरेको छ ।नेपालको त्रिवेणी समूह र भारतको भिल्वरा समूहले ग्रिन भेन्चर्स प्रालिमार्फत आयोजना निर्माण गर्न लागेका हुन् । आयोजनामा भिल्बराको ८० र त्रिवेणीको २० प्रतिशत स्वामित्व छ ।
करिव रु ९ अर्ब अनुमानित लागत रहेको आयोजनामा लक्ष्मी बैंकको अगुवाइमा सहवित्तीयकरणअन्र्तगत ऋण लगानी सम्झौता हुने काम अन्तिम चरणमा पुगेको छ । आयोजनामा ग्रिनभेन्चर्सले रु १ अर्ब ३० करोड लगानी गरिसकेको छ ।
आयोजनाको व्यवस्थापन नेपालको त्रिवेणी समूहले हेर्ने सहमति भएको छ । प्राधिकरण र ग्रीन भेन्चर्सबीच वर्षातको ८ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा पीपीए भएको छ ।
ग्रिनभेन्चर्सले भारतमा बिजुली निकासीका लागि आयोजना १२० मेगावाटमा डिजाइन गरेकोमा बजार बिजुलीको मूल्य, प्रसारणलाइन पूर्वाधारलगायत अन्य विभिन्न कारणले अनिश्चित भएपछि उसले नेपालमै बेच्ने भन्दै क्षमता घटाएर ५२.४ मेगावाटमा पीपीए गरेको हो ।
आयोजनाले लिखुमा पुल निर्माणका साथै ४६ किलोमिटर लामो सडक निर्माण, ४५० रोपनी जग्गा खरिद गरिसकेको छ । आयोजना ओखलढुंगाको रगनी, पोकली र रामेछापको सैपु, बिजुलकोट, नागदह र तिल्पुङमा पर्छ । जुन राजधानीबाट २२० किलोमिट टाढा छ ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस