Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स लाइफकाे नाफासँगै अधिकांश सूचकमा आकर्षक सुधार

अर्थ संसार

आइतबार, २८ कार्तिक २०७८, १४ : २४ मा प्रकाशित

रिलायन्स लाइफकाे नाफासँगै अधिकांश सूचकमा आकर्षक सुधार

रिलायन्स लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असोज मसान्तसम्ममा इन्सुरेन्सले ७३ करोड ५५ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५८ दशमलव १० प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा कम्पनीले तीन करोड रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको खुद बिमा शुल्कमा पनि आकर्षक सुधार भएको छ । असोज मसान्तसम्ममा खुद बिमा शुल्क ५८ दशमलव १० प्रतिशतले बढेर ७३ करोड ५५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी दुई अर्ब १० करोड रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा २६ करोड ३४ लाख रुपैयाँ र बिमा कोषमा तीन अर्ब दुई करोड रुपैयाँ सञ्चित छ । 

समीक्षा अवधिमा इन्सुरेन्सले  १४ करोड २९ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम ४३ लाख ४९ हजार रुपैयाँ छ । यस अवधिमा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९२ पैसा (वार्षिक) रहेको रिलायन्सको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ९४ पैसा छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको