Like us!
Follow us!
Connect us!
Watch us!

रोक्का भएको कम्पनीको सेयर कारोबारबारे नेप्से भन्छ-‘नहुनुपर्ने कुरा भयो, अनुसन्धान भइरहेको छ’

अर्थ संसार

शुक्रबार, १३ साउन २०७९, १२ : ३४ मा प्रकाशित

रोक्का भएको कम्पनीको सेयर कारोबारबारे नेप्से भन्छ-‘नहुनुपर्ने कुरा भयो, अनुसन्धान भइरहेको छ’

नेपाल स्टक एक्सचेन्जको ट्रेडिङ  मेनेजमेन्ट सिस्टम(टिएमएस) मा गम्भिर त्रुटी पाईएको छ । मर्जरमा गएका कारण केही दिनदेखि दोस्रो बजार कारोबार रोक्का रहेको कम्पनीको सेयर कारोबार गरिएको हो । 

आज शुक्रबार नेप्सेमा कारोबार रोक्का रहेको रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीको ६१० कित्ता सेयर कारोबार भएको छ । जब कि सानिमा लाईफ इन्स्योरेन्स कम्पनीसँग मर्जरमा गएका कारण असार ३० गतेदेखि यो कम्पनीको सेयर कारोबार रोक्का थियो । 

नेप्सेको डाटा अनुसार आज नेप्सेमा यो कम्पनीको २ लाख २४ हजार १२६ रुपैयाँ बराबरको ६१० कित्ता सेयर कारोबार भएको देखिन्छ । टिएमएसमा देखियको यो समस्या नै पहिलो भने होईन । लामो समय देखि लगानीकर्ताहरुले नियोजित रुपमा टिएमएस बिगारेर केहि सिमित समूहले चलखेल गरिरहेको आरोप लगाँउदै आएका छन् । 

नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीलाई यस विषयमा बुझन् खोज्दा आफू अहिले कार्यलय भन्दा बाहिर रहेको र यसका बारेमा बुझेर जानकारी दिने बताए । 

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने यस विषयमा अनुसन्धान भइरहेको बताए । 'के कति कारणले यस्तो भयो, सिस्टमको त्रृटीका कारण हो कि मानविय त्रुटी हो अनुसन्धान भइरहेको छ अहिले नै यही भन्न सकिने अवस्था भने छैन तर यसका बारेमा हामी आवश्यक अनुसन्धान गरि एक्सन लिन्छौ' पराजुलीले भने । 

अब भइसकेको ६१० कित्ताको कारोबार के हुन्छ त भन्ने हाम्रो प्रश्नमा पराजुलीले आवश्यक अनुसन्धान नगरी अहिले नै मेलै केही भन्ने सक्दैन अब हामीले अनुसन्धान गरी यस विषयमा आवश्यक निर्णय गर्ने बताए । 

62e387d67f654.JPG 62e387d6b6756.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको