Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा लाईफ र रिलायन्स लाइफको एकिकृत कारोबार चैत ९ गतेदेखि हुँदै

अर्थ संसार

मंगलबार, ०७ चैत्र २०७९, ११ : ०१ मा प्रकाशित

सानिमा लाईफ र रिलायन्स लाइफको एकिकृत कारोबार चैत ९ गतेदेखि हुँदै

सानिमा लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एकिकृत कारोबार चैत ९ गते, बिहीबारबाट सुरू हुने भएकाे छ । यी २ कम्पनी १:१ काे अनुपातमा मर्ज हुन लागेका हुन् ।

यी दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा प्राधिकरणले फागुन १८ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २९ गते अन्तिम स्वीकृति दिइसकेको छ । त्यस्तै, दुवै कम्पनीकाे फागुन १२ गते सम्पन्न भएकाे साधारण सभाले मर्जरकाे प्रस्ताव पारित गरिसकेका छन् ।

मर्जरपछि अब सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुनेछ । कम्पनीकाे केन्द्रीय कार्यालय नयाँ बानेश्वर, काठमाडौँमा रहनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको