Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स लाइफको विलम्ब शुल्कमा शतप्रतिशत छुट

अर्थ संसार

सोमबार, २३ माघ २०७९, १४ : २५ मा प्रकाशित

रिलायन्स लाइफको विलम्ब शुल्कमा शतप्रतिशत छुट

रिलायन्स लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने भएकाे छ ।

कम्पनीले आफ्ना ग्राहकको अनुराेधलाई मध्यनजर गरी ग्राहकले नवीकरण बिमाशुल्क २ वर्ष अघिदेखि भुक्तानी नगरिएका र व्यतित भएका बीमालेखकाे हकमा माघ २३ गतेदेखि फागुन १५ गतेसम्म पुनर्जागरण गराएमा सोमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने भएको हाे ।

त्यसैगरी, यो सुविधा लिई पुनर्जागरण गरिएको बीमालेख ६ महिना भित्र समर्पण गरेमा, छुट गरिएको विलम्ब शुल्क फिर्ता लिईने पनि कम्पनीले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको