Like us!
Follow us!
Connect us!
Watch us!

कारोबार नै बन्द भएको कम्पनीमा कसरी लाग्यो सकारात्मक सर्किट ?

अर्थ संसार

शुक्रबार, १३ साउन २०७९, ११ : ५३ मा प्रकाशित

कारोबार नै बन्द भएको कम्पनीमा कसरी लाग्यो सकारात्मक सर्किट ?

नेप्सेको डाटा अनुसार रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । तर यो कम्पनी सानिमा लाईफ इन्स्योरेन्स कम्पनीसंग मर्जरमा गएकाले दोस्रो बजार कारोबार रोक्का गरिएको थियो ।

असार २९ गते बुधबार निमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स बिच मर्जरमा संझौता भएको थियो । दुई कम्पनी मर्जरमा गएपछि नेप्सेले दुवै कम्पनीको दोस्रो बजार कारोबार रोक्का भएको थियो तर आज नेप्सेमा भने रिलायन्स लाईफको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको देखाइएको छ । 

नेप्सेका अनुसार कारोबार रोक्का रहेको रिलायन्स लाईफको सेयर मूल्य आज ३३.५० रुपैयाँले बढेर ३६८.५० रुपैयाँ पुगेको छ । 

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने हालसम्म पनि रिलायन्स लाईफको कारोबार फुकुवा नभएको बताए ।' के कति कारणले कारोबार भयो त्यो मलाई अहिलेसम्म जानकारीमा आएको छैन यो कुरा मैले तपाईबाट नै थाँहा पाए के भएको रहेछ बुझौला' पराजुलीले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको