Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले जारी गर्याे ब्याजदर निर्धारण विधिबारे नयाँ निर्देशन

अर्थ संसार

आइतबार, २८ कार्तिक २०७८, १६ : ४० मा प्रकाशित

राष्ट्र बैंकले जारी गर्याे ब्याजदर निर्धारण विधिबारे नयाँ निर्देशन

नेपाल राष्ट्र बैंकले ब्याजदर निर्धारण विधिबारे नयाँ निर्देशन जारी गरेकाे छ । राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकबाट “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको निर्देशन, २०७७ मा संशोधन तथा परिमार्जन गर्दै ब्याजदर निर्धारण विधिबारे नयाँ निर्देशन जारी गरेकाे हाे ।

इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने व्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदर (उपबुँदा ५ को प्रतिबन्धात्मक वाक्यांश र उपबुँदा ७ ले तोकेका खाताबाहेक) को औसत तथा न्यूनतम ब्याजदर (कल निक्षेप बाहेक) को औसतमा बढीमा दश प्रतिशतले मात्र परिवर्तन गरी व्याजदर निर्धारण गर्न सक्नेछन् । यसरी व्याजदर निर्धारण गर्दा कायम हुने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर उपबुँदा ५ को व्यवस्थाको सीमाभन्दा बढी हुन गएमा अधिकतम वा न्यूनतममध्ये एक दर सोही कायम गरी अन्य दरहरु समायोजन गर्नुपर्नेछ।

उदाहरणको लागि यदि अघिल्लो महिना 'क' वर्गका सबै बैंकले प्रकाशन गरेका अधिकतम ब्याजदरको औसत ८.५ प्रतिशत भएमा सोमा १० प्रतिशतले बृद्धि गरी कायम हुने ९.३५ प्रतिशतसम्म मात्र 'क' वर्गका बैंकले अधिकतम व्याजदर निर्धारण गर्न सक्नेछन्।

यसअघि इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा दश प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्ने व्यवस्था गरेको थियो ।

6190ebcc81de7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको