Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको नयाँ निर्देशन पछि अब बैंकहरु ले आफुखुशी ब्याजदर प्रकाशित गर्न पाउने छैनन्

मनोज ज्ञवाली

अर्थ संसार

आइतबार, २८ कार्तिक २०७८, १९ : ५९ मा प्रकाशित

राष्ट्र बैंकको नयाँ निर्देशन पछि अब बैंकहरु ले आफुखुशी ब्याजदर प्रकाशित गर्न पाउने छैनन्

नेपाल राष्ट्र बैंकले आज आईतबार ब्याजदर निर्धारण विधिबारे नयाँ निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकबाट “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको निर्देशन, २०७७ मा संशोधन तथा परिमार्जन गर्दै ब्याजदर निर्धारण विधिबारे नयाँ निर्देशन जारी गरेको हो ।

राष्ट्र बैंकको उक्त निर्देशनले नेपालको बैंकिङ  क्षेत्रमा कस्ता असर पार्छ भन्ने सम्बन्धमा नबिल बैंकमा नायव महाप्रबन्धक (डेपुटी जनरल म्यानेजर) ज्ञवालीले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो बिचार सार्वजनिक गरेकाछन् । सामाजिक सञ्जाल मार्फत ज्ञावलीले सार्वजनिक गरेको धारणा यस्तो छः  

नेपाल राष्ट्रले निक्षेप संकलन सम्बन्धि निर्देशन परिवर्तन गरेको छ।

१. बैकको निक्षेप (Bidding) को आधारमा लिने निक्षेपको ब्याजदर परिवर्तन मासिक गर्न सकिने। यस अघी तिन महिनासम्म यस्तो ब्याज परिवर्तन गर्न पाईदैनथ्यो।

२. बैंक तथा बित्तीय संस्थाहरुले मुद्दति निक्षेप को अधिकतम ब्याजदरको औषत निकालेर सो मा बढिमा 10% बृद्दि गरेर मात्र ब्याजदर प्रकाशित गर्नुपर्नेछ। पहिले आफ्नो बैंक ले प्रकाशित गरेको ब्याजदरमा 10% थप गरि गर्न पाइने ब्यबस्था थियो।

३.ब्याक्तिगत मुद्दति निक्षेप मा 0.50% थप गरेर दिन पाउने ब्यबस्था हटाईयो। अब बैकहरुलाई ग्राहक हेरी 0.50% थप ब्याजदर दिन पाउने छैनन।

४. आफुसंगै रहेको निक्षेप मा पुन बोलकबोल गर्नु परेमा 0.10% सम्म थप गरि निक्षेप संकलन गर्न पाईनेछ।

यसको असर:

१. बैकहरु ले आफुखुशी ब्याजदर प्रकाशित गर्न पाउने छैनन। सबै बैकहरुको संस्थागत निक्षेप को ब्याजदर 9.05% को हाराहारी हुने देखिन्छ भने ब्याक्तिगत निक्षेपको ब्याजदर 10.05% हाराहारी हुने देखिन्छ।

२. बोलकबोलको निक्षेप जुन बैंकसंग छ त्यहि त्यहि बैंक मै नबिकरण हुने अबस्थालाई देखिन्छ। यसले गर्दा बैकहरुको निक्षेप तानातान भएर CD नै नाघ्ने अबस्थामा अली सहजता हुनेछ।

३. बैंक हरुले एउटै प्रकारको निक्षेप मा पनी मागेमा 0.50% थप्ने नत्र कम दरमा नै निक्षेप लगिदिने काम बन्द भएको छ।

यसले हालको निक्षेप रु 47.91 खर्ब र कर्जा रु. 45.35 खर्ब सहितको बैकिङको CD ratio 89.95% लाई कुनै सहजता प्रदान गर्ने होइन तत्कालै बैंकिंग को ब्याज दर निर्धारण को guidelines मात्र दिएको देखिन्छ। CD Ratio सहजता प्रदान गर्न अर्को निर्देशनको अपेक्षा गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको