Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्रोफाइनान्सको नाफामा उछाल रिजर्भमा छलाङ, ईपिएस १०६ रुपैयाँ !

अर्थ संसार

सोमबार, २९ कार्तिक २०७८, ०६ : ५५ मा प्रकाशित

नेशनल माइक्रोफाइनान्सको नाफामा उछाल रिजर्भमा छलाङ, ईपिएस १०६ रुपैयाँ !

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार संस्थाको नाफा लगायत अन्य प्रमुख वित्तीय सूचकहरू पनि बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले ११ करोड ४५ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १८०.४५ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा संस्थाले ४ करोड ८ लाख ६० हजार रूपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि १८४.३० प्रतिशतले बढेर २४ करोड ६५ लाख १६ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ८ करोड ६७ लाख ९ हजार रूपैयाँ रहेको थियो ।

पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि प्रतिशतले बढेर १८ करोड १८ लाख ९७ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ६ करोड ४८ लाख ५७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी ४१ करोड ९० लाख रुपैयाँ र जगेडा कोषमा ६७ करोड ४४ लाख ३८ हजार रुपैयाँ सञ्चित रहेको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा संस्थाको रिजर्भको आकारमा १६५ प्रतिशतले बृद्धि भएको हो । 

समिक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १०६ रुपैयाँ १८ पैसापैसा पुगेको छ । संस्थाको  प्रतिसेयर नेटवर्थ २६० रुपैयाँ ९४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (पिई रेसियो) २७.९० गुणा रहेको छ ।

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारको छः

6191b405afb6c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको