नेप्से परिसुचक २८७७ को बिन्दुबाट ४ दिनसम्म निरन्तर झरेर करिब २६६८ को बिन्दुसम्म आइपुगेको थियो तर आज पुनः परिसुचक २६.४४ अंकले बढेर हरियो क्यान्डल बनाउदै २७१५.३५ मा क्लोज भएको छ ।
बजारको आगामी यात्रा कस्तो रहन सक्ला, कुनकुन बिन्दुहरुलाई फोकस गर्ने , अबको नजिकैको टार्गेट के हुने र स्टप लसको बिन्दु कुन हुन सक्ने जस्ता महत्वपुर्ण कुराहरुलाई हामीले यहाँ सम्बोधन गर्ने प्रयास गरेका छौं। यसले हाम्रा आम पाठकबर्गलाई बजारको आगामी रणनीति तय गर्न सहयोग पुग्ने अपेक्षा हामीले राखेका छौं।
नेप्सेमा आज विक (Wick) सहितको बुलिश मारुबोजु क्याण्डल बनेको छ जसले बजारमा खरिद चाप रहेको संकेत गर्दछ भने अर्कतर्फ २७३० भन्दा माथि पुगेको बजार २७१५ को हाराहारीमा क्लोज हुनुले बढेको बजारमा कारोबारी (Trader) हरुले नाफा बुक गरेको पनि स्पष्ट रुपमा देखिन्छ।
बजारले २७५० को बिन्दुलाई भोलुम सहित क्रस गरेको खण्डमा २८७७ बाट बजार खस्दै गर्दा बनेको डाउन ट्रेन्ड ब्रेक हुन जान्छ।
२७५० ब्रेक भएको अवस्थामा बजारमा ठुलो मुभ आउन सक्छ।
लगानीकर्ताले विशेष रुपमा हेर्नु पर्ने दुइ बिन्दुहरु २७५० र २६८५ हुन्।
बजारले २७५० क्रस गरेको खण्डमा अर्को टार्गेट २८७७ हुन जान्छ भने २८७७ को बिन्दु पनि ब्रेक भएको खण्डमा बजारको यात्रा ३००० को हुन सक्ने देखिन्छ।
त्यसैगरि यदि बजार घटेर २६८५ मुनि भोलुम सहित क्लोज भएमा आउने दिनमा बजार अझ घट्न गइ २६०० को बिन्दुमा टेवा लिदै २५६५ को बिन्दुलाई बलियो सपोर्टको रुपमा लिन सक्ने देखिन्छ।
बुँदागत रुपमा :
१. आज बजारमा खरिद चाप रहेको बुलिश क्यान्डल बनेको छ, जसले बजार बढ्दो ट्रेन्डमा जाने संकेत गर्दछ। भोलि हुने कारोबारले धेरै हदसम्म बजारको आगामी यात्रालाई निर्देशित गर्दछ। भोलिको बजारले अबको यात्रा "अप कि डाउन" भन्ने कुरा बताउनेछ।
२. २७५० लाइ राम्रो भोलुम सहित क्रस नगरेसम्म बजारमा ठुलो मुभ आउन सक्दैन।
३ .२६८५ भन्दा तल भोलुम सहित क्लोजिंग दिएको खण्डमा बजार अझै तल झर्न सक्ने सम्भावना रहन्छ।
नोटः माथि गरिएको विश्लेषणको आधारमा खरिद-बिक्रिको निर्णय नलिनुहोला । शेयर बजार जोखिमको क्षेत्र हो । लगानीकर्ताले शेयर खरिद-बिक्रि गर्दा स्व-अध्ययन र स्वविवेक प्रयोग गर्नुहोला ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस