Like us!
Follow us!
Connect us!
Watch us!

बोटलर्स नेपाल(तराई) को प्रतिसेयर आम्दानी १२०० नाघ्यो, कति कमायो मुनाफा ?

अर्थ संसार

मंगलबार, ३० कार्तिक २०७८, ०७ : ०४ मा प्रकाशित

बोटलर्स नेपाल(तराई) को प्रतिसेयर आम्दानी १२०० नाघ्यो, कति कमायो मुनाफा ?

बोटलर्स नेपाल (तराई) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक नित्तिय विवरण अनुसार कम्पनीको नाफामा बृद्धि भएको देखिन्छ ।

पहिलो त्रैमाससम्ममा कम्पनीले ३८ करोड ९ लाख ५२ हजार रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको देखिन्छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ३३.१९ प्रतिशतले बढि हो । गत बर्ष यसै अवधिमा कम्पनीले २८ करोड ६० लाख ११ हजार रुपैयाँ कमाएको थियो ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ पनि बढेको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी बार्षिकृत १ हजार २६० रुपैयाँ पुगेको छ जुन गत आर्थिक बर्षमा ९ सय ४५ रुपैयाँमा सिमित थियो । त्यस्तै यो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २५४१ रुपैयाँ र मूल्य आम्दानी अनुपात(पिई रेसियो) ३२ गुणा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः

619307786877e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको