Like us!
Follow us!
Connect us!
Watch us!
गोप्य सूचना चुहावट भएको भन्दैे सेयर कारोबारमा रोक

एभरेष्ट इन्स्योरेन्स र नेशनल हाइड्रोपावर धितोपत्र बार्डको कारबाहीमा

कृष्ण भट्टराई

मंगलबार, ०६ असार २०७४, १४ : १८ मा प्रकाशित

एभरेष्ट इन्स्योरेन्स र नेशनल हाइड्रोपावर धितोपत्र बार्डको कारबाहीमा

अर्थ संसार, काठमाडौं– गोप्य सूचना चुहावट भएको भन्दै नेपाल धितोपत्र बोर्डले एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ ।

यी दुई कम्पनलिे हकप्रद र साधारण सभा सम्बन्धि जानकारीहरु सार्वजनिक हुनु पहिले चुहावट भएको भन्दै बोर्डले अनुसन्धानका लागि कारोबार रोक्का गरेको हो । धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिए पछि कारोबार बन्द भएकोे छ ।

केही दिन अघि पाँच आर्थिक वर्षको साधारण सभा बोलाएको एभरेष्ट इन्स्योरेन्सले २० प्रतिशत बोनस र ६ सय प्रतिशत हकप्रद प्रस्ताव गरेको थियो ।

सूचना चुहावट भएको भन्दै धितोपत्र बोर्डले एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरेको हो ।

त्यसै गरी  बोर्डले नेप्सेलाई हाइड्रो सञ्चालक समितिको आधिकारिकताका सम्बन्धमा आवश्यक अनुसन्धान गर्न भन्दै सेयर कारोबार रोक्का गर्न निर्देशन दिएकोे छ ।

यो पनि पढ्नुहोस्

हिमालय पावरको आइपीओमा १८ गुणा बढी आवेदन 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको