Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमको नाफा ४८ प्रतिशतले बढ्दा कति पुग्यो ईपिएस ?

अर्थ संसार

मंगलबार, ३० कार्तिक २०७८, ११ : ३९ मा प्रकाशित

नेपाल टेलिकमको नाफा ४८ प्रतिशतले बढ्दा कति पुग्यो ईपिएस ?

नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफामा बृद्धि आएको छ ।

चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद मुनाफा नाफा ४८.९० प्रतिशतले बढेर २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा १ अर्ब ५१ करोड ७७ लाख रुपैयाँमा सिमित थियो। 

सो अवधिमा कम्पनीको कुल आम्दानी ८.३९ प्रतिशतले बढेर १० अर्ब ९५ करोड २३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको कुल आम्दानी १० अर्ब १० करोड ४४ लाख रुपैयाँ थियो । 

हाल चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८३ अर्ब ८२ करोड १९ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा संचित रकम भने २.७१ प्रतिशतले बढेको छ । 

कम्पनीको प्रतिसेयर आम्दानी ६० रुपैयाँ २६ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानीमा १९.७९ रुपैयाँले बृद्धि आएको हो । सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ६५८ रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.९६ गुणा रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको