Like us!
Follow us!
Connect us!
Watch us!

क्यानालिस रिपोर्ट अनुसार यो वर्ष २०२१ को तेस्रो क्वाटरमा रियलमी तेस्रो स्थानमा,अघिल्लो क्वाटरको तुलनामा २५७% ले वृद्धि

अर्थ संसार

मंगलबार, ३० कार्तिक २०७८, १५ : ०२ मा प्रकाशित

क्यानालिस रिपोर्ट अनुसार यो वर्ष २०२१ को तेस्रो क्वाटरमा रियलमी तेस्रो स्थानमा,अघिल्लो क्वाटरको तुलनामा २५७% ले वृद्धि

विश्वमै सबभन्दा छिटो अघि बढी रहेको स्मार्टफोन ब्रान्ड रियलमी अब नेपालमापनि सबै भन्दा छिटो अघि बढ्ने स्मार्टफोन बनेको छ । क्यानालिसमा प्रकाशित रिपोर्ट अनुसार २०२१ कोे तेस्रो क्वाटरमा तेस्रो स्थानमा रहेको रियलमीको सबैभन्दा ठूलो जित मानिएको छ ।

यस रिपार्ट अनुसार नेपालमा रियलमीले अघिल्लो क्वाटरको को तुलनामा २५७% ले वृद्धि गर्दै यो क्वाटरमासबै भन्दा धेरै वृद्धि देखाएको छ । पछिल्लो क्वाटरमा अनुमानित सेल–ईन (sell-in) स्मार्टफोन ढुवानी अन्तर्गत यो रिपोर्ट अध्ययन गरिएको थियो । 


 हाल नेपाली बजारमा रियलमीले १४% हिस्सा ओगटेको छ । अघिल्लो क्वाटरको तुलनामा यो क्वाटरमा रियलमीले २५७% को स्मार्टफोन ढुवानी वृद्धि गर्दै सबै भन्दा सफल स्मार्टफोन ब्रान्ड बनेको हो ।

सामसङ्गले तेस्रो क्वाटरमा स्मार्टफोन ढुवानीमा ३९% को वार्षिक गिरावटको सामना गरेको छ । यसैगरी,शाओमीले सोही अवधिमा ५५% को गिरावटको सामनागर्नु परेको छ । यस गिरावट पश्चात्पनि यी दुवै स्मार्टफोनहरु क्रमशः ३९% र २४% को नेपाली बजार हिस्सा ओगटेर ठूलो ब्रान्ड मै यथावत रहेका छन् । 

नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोबाईल्सको साथमा रियलमीले नेपालमा २०१९ मा डेब्यु गरेको थियो । अप्रतिस्पर्धी मूल्य निर्धारणका कारण यो नेपालमा सफलहुन सकेको थिएन ।यसपछि कम्पनीले नेपालमा आफ्नो  रणनीति परिवर्तन गर्ने निर्णय गरेको थियो । रियलमीले फेरी शङ्कर ग्रुपको साथमा नेपालप्रवेश गर्दै प्रतिस्पर्धी मूल्य राख्ने वाचा गरेको थियो ।

पछिल्लो क्वाटरमा रियलमीको सबैभन्दा ठूलो उत्पादनहरुमा रियलमी 8i, रियलमी C21Y, रियलमी C20, रियलमी C21, र रियलमी C11 पर्दछन् । यिनीहरुले शक्तिशाली ब्याट्री, मेगा डिस्प्ले र सुन्दर फोटो जस्ता गुणात्मक विशेषताहरुका साथउक्त स्थानप्राप्त गरेको हो ।


 
हाल रियलमी ले जिटी नियो २जस्ता डिभाइसहरुसँग आफ्नो पोर्टफोलियो विस्तार गरेको छ । आफ्नो “Dare to Leap” भन्ने नाराका साथ रियलमीले मानिसहरुको मन जितेको छ । २०२२ सम्ममा नेपालको दोस्रो ठूलो स्मार्टफोन ब्रान्ड बन्ने रियलमीले योजना राखेको छ र उल्लेखित सर्भेलाई ध्यानमा राख्दा यो लक्ष्य चाँडै नै पुरा हुने देखिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको