Like us!
Follow us!
Connect us!
Watch us!

प्राविधिक विश्लेषणको आधारमा बोटलर्स नेपाल र युनिलिभर : कुन बलियो? अब के होला ?

अर्थ संसार

मंगलबार, ३० कार्तिक २०७८, २१ : ५५ मा प्रकाशित

प्राविधिक विश्लेषणको आधारमा बोटलर्स नेपाल र युनिलिभर : कुन बलियो? अब के होला ?

बजारमा त्रैमासिक रिपोर्ट आए संगै बजारमा कारोबार कम्पनी बोटलर्स नेपाल तराई (BNT) र युनिलिभर नेपाल लिमिटेड (UNL) मा कुन राम्रो भन्ने बहस सुरु भएको छ। रिपोर्ट प्रकासन संगै बजारमा बोटलर्स नेपाल तराई (BNT) अब सेयारबजारको सबै भन्दा महँगो कम्पनी बन्ने आकलन गर्न सुरु गरिएको छ।  सेयर बजारको मूल्य पनि हरेक दिन बढ्ने क्रममा रहेको छ।  

बोटलर्स नेपाल तराई (BNT) ले आजै प्रति शेयर आम्दानी (EPS) १२५९.३५ भएको प्रतिबेदन सार्बजनिक गरेको छ भने युनिलिभर (UNL) ले  शेयर आम्दानी (EPS) १०९७.०७  भएको त्रैमासिक प्रतिबेदन सार्बजनिक गरिसकेको छ।  आजको क्लोजिंग मूल्य अनुसार BNT को मूल्य १४०५१ रहेको छ भने UNL को मूल्य १९,९९९ रहेको छ।  प्रतिशेयर आम्दानीमा BNT ले उछिने संगै बजारमा UNL को मूल्य BNT को भन्दा करिब रु ५००० भन्दा माथि रहदै गर्दा आगामी दिनमा BNT को मूल्य कता जाला भन्ने चासो आम लगानीकर्तामा रहेको देखिन्छ।  लामो समयको अन्तरालमा BNT को मूल्य कति पुग्ला त्यो त समयले नै देखाउला तर अहिले तत्कालको अवस्थालाई प्राबिधिक रुपमा विश्लेषण गर्दा BNT को शेयर मूल्य आगामी दिनमा कस्तो हुन सक्ला त भन्ने किसिमको विश्लेषण प्रस्तुत गर्ने प्रयास गरेका छौ :

प्राबिधिक रुपमा हेर्दा आगामी दिनमा बोटलर्सको  मूल्य कता जाने देखिन्छ ?

बोटलर्सले करिब ११६६० को बिन्दुलाई भोलुम सहित क्रस गर्दै माथितिर जादै गर्दाको अवस्थालाई प्राविधिक विश्लेषणको भाषामा ब्रेकआउट (Breakout) भनिन्छ।बोटलर्सको मुल्यमा ब्रेकआउट भैसकेपछि तिब्र रुपमा मूल्य बढ्दै २ कारोबार दिनमै बजारमूल्य १४०५१ पुगिसकेको छ। मंगलबारको दिन आर्थिक बर्ष २०७८/७९ को पहिलो त्रैमासको आकर्षक रिपोर्ट प्रस्तुत गरेपछि शेयरमुल्यमा उछाल आइ मूल्य १० प्रतिशतले बढेर १४३०८ सम्म पुगेको थियो तर १४०५१ को बिन्दुमा क्लोज भएको छ ।

RSI 14:

मंगलबारको दिनको RSI  ८१.४०  मा रहेको छ।  अन्तराष्ट्रिय अभ्यासमा RSI ७० भन्दा माथि जादै गर्दा शेयर बेच्ने बेला भएको मान्ने गरिन्छ तर नेपालको बजारमा नेप्से बुलिश ट्रेन्डमा रहदै गरेको अवस्थामा RSI ८० भन्दा माथि जादै गर्दाको अवस्थालाई मात्र ओभर बाउट जोनमा (Over Bought Zone) गएको मान्ने गरिएको छ। ऋषी ८० भन्दा माथि गइसकेको अवस्थामा आगामी दिनमा BNT को शेयर मूल्यमा करेक्सन आउन सक्ने देखिन्छ। 

स्टोक्यास्टिक RSI:

स्टोक्यास्टिक RSI १०० को लेभलमा पुगिसकेपछि प्राय: शेयर मूल्य झर्ने गर्दछ।  मंगलबार BNT को स्टोक्यास्टिक RSI १००.७६  पुगिसकेको छ।  यसले आगामी दिनमा मूल्य घट्न सक्ने संकेत गर्दछ। 

बुलिंगर ब्याण्ड :

BNT मा आज बनेको क्यान्डल बुलिंगर ब्यान्डको अपर ब्याण्ड भन्दा माथि बनेको छ।  बुलिंगर ब्यान्डको अपर ब्याण्ड भन्दा माथि गैसकेपछि शेयर मूल्यमा करेक्सन आउन सक्ने सम्भावना प्रबल रहन्छ।

माथिका सबै इण्डिकेटरहरुले आगामी दिनमा BNT को मूल्यमा करेक्सन आउन सक्ने देखाईरहेका छन्। 

प्राबिधिक रुपमा UNL लाइ हेर्दा:

विगत केहि महिना देखि UNL को मूल्य करिब १८७०० देखि २०५०० को रेन्जमा घुमिरहेको छ।  UNLको शेयर मूल्यमा ठुलो मुभ आउन २०६०० को बिन्दुलाई भोलुम सहित क्रस गर्नुपर्ने देखिन्छ।  RSI ५७.७२  को लेभलमा छ। आगामी दिनमा  RSI ६० भन्दा माथि गएको अवस्थामा मूल्य बढ्न सक्ने देखिन्छ। बुलिंगर ब्यान्डको विश्लेषण गर्दा पनि लामो समयदेखि लगभग एउटै किसिमको प्याटर्न बनेको देखिन्छ जसले UNL को शेयर मूल्यमा ठुलो उतार चढाव नरहेको भन्ने जनाउदछ।  आज UNL मा राम्रो भोलुम सहित बुलिश  क्यान्डल बनेको छ जसले आगामी दिनमा शेयर मूल्य बढेर जानेजान सक्ने देखिन्छ।  अब लगानीकर्ताहरुले ध्यान दिनुपर्ने बिन्दु भनेको २०६०० हो। भोलुम सहित २०६०० लाइ क्रस गरेको खण्डमा UNL ले २३३०० को बिन्दुलाई टेस्ट गर्न जाने सम्भावना देखिन्छ।  

नोटः माथि गरिएको विश्लेषणको आधारमा खरिद-बिक्रिको निर्णय नलिनुहोला ।  शेयर बजार जोखिमको क्षेत्र हो । लगानीकर्ताले  शेयर खरिद-बिक्रि गर्दा स्व-अध्ययन र स्वविवेक प्रयोग गर्नुहोला ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको