Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकले गर्यो ब्याजदर संसोधन, अब कति ?

अर्थ संसार

बुधबार, ०१ मंसिर २०७८, ०७ : ३६ मा प्रकाशित

एनसीसी बैंकले गर्यो ब्याजदर संसोधन, अब कति ?

एनसीसी बैंक लिमिटेडले कार्तिक ३० गते गरेको नयाँ ब्याजदर संसोधन गरेको छ । बैंकले विभिन्न खातामा आज मंसिर १ गते, बुधबार बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको थियो ।

बैंकले हिजो जारी उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.०५ प्रतिशतदेखि अधिकतम ९.७५ प्रतिशतसम्म र मुद्दति निक्षेपको व्याज न्यूनतम ९.०५ प्रतिशत देखि अधिकतम १०.०५ प्रतिशतसम्म तोकिएको थियो ।

तर काज बैंले आज एक सूचना प्रकाशन गर्दै ब्याजदर संसोधन गरिएको जनाएको छ । संसोधित ब्याजदर अनुसार बैंकले अब बचत खातामा न्यूनतम ५.०५ प्रतिशतदेखि अधिकतम ७.०५ प्रतिशतसम्म ब्याज दिने छ भने मुद्दति निक्षेपको व्याजदर भने यथावत् नै राखिएको छ ।

बैंकले​ प्रकाशन​ गरेको संसोधित व्याजदर यस प्रकारको छः

61946057db426.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको