मेगा बैंक लिमिटेडकाे लाभांश परिमार्जन भएकाे छ । राष्ट्र बैंककाे निर्देशन अनुसार बैंकले लाभांश परिमार्जन गरेकाे हाे ।
परिमार्जित लाभांश अनुसार अब बैंकले १० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि २.०७ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
यसअघि बैंकको कार्तिक २३ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.०७ प्रतिशतका दरले बाेनस सेयर वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।
उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
यस्ताे छ मेगा बैंक लिमिटेडको ८ वर्षको लाभांश इतिहास :
१. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई ९ नगद लाभांश वितरण गरेकाे थियाे । याे वर्ष बैंकले बाेनस दिएकाे थिएन ।
२. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बाेनस र ०.६३ प्रतिशत नगद गरि कूल १२.६३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
३. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
४. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १३.२५ प्रतिशत बाेनस र ०.७ प्रतिशत नगद गरि कूल १३.९५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
५. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १०.७५३९ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।
६. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई एक प्रतिशत बाेनस र ६.८५ प्रतिशत नगद गरि कूल ७.८५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
७. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ११.७५ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे । याे वर्ष पनि बैंकले बाेनस दिएकाे थिएन ।
८. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ३.०५ प्रतिशत नगद गरि कूल १३.०५ प्रतिशत लाभांश वितरण गरेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस