Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको फिनटेक उद्योगकै सबैभन्दा कम उमेरका सीईओ ‘खल्ती’ मा

अर्थ संसार

बुधबार, ०१ मंसिर २०७८, १२ : ५७ मा प्रकाशित

नेपालको फिनटेक उद्योगकै सबैभन्दा कम उमेरका सीईओ ‘खल्ती’ मा

नेपालको एक अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक (पी.एस.पी), 'खल्ती' ले विनय खड्कालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको घोषणा गरेको छ। २७ वर्षको उमेरमा सिइओ पदभार लिएका उनी  नेपालको फिनटेक उद्योगमा सबैभन्दा कम उमेरका सीईओ भएका छन्।

आफ्नो क्यारियरमा खड्काले नेतृत्व भूमिकाहरूमा गहन अनुभव बटुली सकेका छन् । उनले 'खल्ती'को व्यवस्थापन समितिसँग मिलेर 'खल्ती'को वित्तीय र डाटा सुरक्षालाई प्राथमिकता दिने भिजनमा काम गर्नेछन्।  

आफूले यस उद्योगलाई थप सुविधा र सहजताको साथ व्यक्तिगत वित्तीय व्यवस्थापन प्लेटफर्ममा परिणत गरि भुक्तानीको लागि मात्र प्रयोग हुने दायरा भन्दा बाहिर लग्ने खड्काले बताएका छन् । 

खल्ती डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिङ्ग कारोबार सहज साथै सरल गर्नु हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको