Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाइड्रोपावरले पायो तल्लो इन्द्रावतीको लाईसेन्स, यसै वर्ष लाभांश वितरण गर्ने

अर्थ संसार

बुधबार, ०१ मंसिर २०७८, १४ : ५० मा प्रकाशित

नेशनल हाइड्रोपावरले पायो तल्लो इन्द्रावतीको लाईसेन्स, यसै वर्ष लाभांश वितरण गर्ने

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड (एनएचपीसी) ले तल्लो इन्द्रावती जलविद्युत आयोजनाको लाईसेन्स पाएको छ । आज कम्पनीका कार्यकारी अध्यक्ष कुमार पाण्डेले आयोजनाको लाईसेन्स पाएको पुष्टि गरेका छन् ।

कार्यकारी अध्यक्ष पाण्डेले अब कम्पनीले लाईसेन्स प्राप्त गरिसकेकोले अव आउने साधारणसभाबाट लगानीकर्ताहरुलाई लाभांश वितरणको प्रस्ताव पारित गरिने बताए ।

अर्थसंसारसंगको कुराकानीमा कार्यकारी अध्यक्ष पाण्डेले भने "अब हामिले लाइसेन्स पाइसक्यो कम्पनीले गरेको ६५ करोड प्रोभिजन राइटब्याक हुन्छ त्यसैले यो पटकको साधारणसभामा लगानीकर्ताहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव लाने छौ, अब लगमनीकर्ताहरुको प्रतिक्षाको अघि समाप्त भएको छ यसै बर्ष लाभांश वितरण हुन्छ ।" 

अब कम्पनीले लाइसेन्स पाएपछि कम्पनीले गरेको ६५ करोड प्रोभिजन राइटब्याक हुनेछ । कम्पनीले कुनै ऋण तिर्न बाँकी छैन । यस्तो अवस्थामा कम्पनीको आम्दानी र राइट ब्याकपछि नेशनल हाइड्रोको प्रतिसेयर आम्दानी करिव ५३ रूपैयाँ हुनेछ । कम्पनीले प्रतिसेयर आम्दानीको ५० प्रतिशतसम्म बोनस बाँड्न सक्छ । कम्पनीलाई आयोजना निर्माण गर्न रकम चाहिने भएकाले यसले बोनस सेयर दिएर पूँजी वृद्धि गर्नेछ । 

विद्युत विकास विभागले मागेको आर्थिक प्रस्तावमा नेसनल हाइड्रोपावरले सबैभन्दा बढी रकम कबोल गरेकाले नेशनल हाइड्रोले गत असार १४ गते आसयपत्र (लेटर अफ इन्टेन्ट) पाएको थियो । नेशनल हाइड्रोले ४.५ मेगावाट क्षमताको तल्लो इन्द्रावती आयोजनाको अनुमतिपत्र (लाईसेन्स) लिएर आयोजना बनाइरहेका बेला काम बीचमै रोकिएको थियो । काम बन्द भएपछि विद्युत विकास विभागले आयोजनाको लाईसेन्स खारेज गरेको थियो। लाईसेन्स खारेज भएपछि कम्पनीले करिव ६५ करोड रूपैयाँ प्रोभिजनिङ गर्नु परेको हो ।

नेशनल हाइड्रोले ३१ मेगावाटको इखुवा खोला पनि निर्माण गर्दैछ । इखुवा खोलामा माछापुच्छ्रे बैंकको लिडमा माछापुच्छ्रेले ७० करोड, नेपाल एसबीआई बैंकले ५० करोड र ज्योति विकास बैंकले ४८ करोड रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ ।

परियोजनाको लागत २ अर्ब २० करोड रुपैयाँ अनुमान गरिएको छ । इखुवा खोलामा नेशनल हाइड्रोको ६७ प्रतिशत लगानी छ । कम्पनीले आयोजना बनाउन लिएको सबै ऋण भुक्तानी भइसकेको छ । लाईसेन्स पाएपछि प्रोभिजन भएको रकम फिर्ता भएपछि वासलात धनात्मक बन्ने छ । नेशनल हाइड्रोका अध्यक्षा कुमार पाण्डेले लाभांश बाँड्ने हैसियतमा कम्पनी पुगेको बताए ।

नेशनल हाइड्रोका लगानीकर्ताले आयोजना निर्माण भएको २० वर्षपछि पहिलो पटक लाभांश पाउनेछन् । लामो समय विवादको भुमरीमा फसेको नेशनल हाइड्रो सवल नेतृत्व पाएपछि लगानीकर्ताको रोजाइमा पर्ने कम्पनी बन्न पुगेको छ ।

सम्बन्धित अन्तरवार्ता 

नेशनल हाइड्रोका सेयरधनीलाई अब न्याय,लाभांश दिने समय आयो,हकप्रद? Kumar Pandey | NHPC |ArthasansarTalk

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको