Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको प्राविधिक विश्लेषणः कारोबार रकम बढ्दा बजार झनै बलियो, अबको टार्गेट कति ?

अर्थ संसार

बुधबार, ०१ मंसिर २०७८, १६ : २९ मा प्रकाशित

नेप्सेको प्राविधिक विश्लेषणः कारोबार रकम बढ्दा बजार झनै बलियो, अबको टार्गेट कति ?

कारोबारको सुरुवाती चरणमा तिब्र रुपमा बढ्दै २८२५ को बिन्दुसम्म पुगेको नेप्से परिसुचक बिचमा केहि उतार चढाव हुदै २८०१ को बिन्दुमा क्लोज भएको छ।

बजारमा निरन्तर रुपमा कारोबार रकम बढ्दै गर्दा केहि ठुलो लगानी बजारमा प्रवेश गरेको अनुमान गर्न सकिन्छ ।  

प्राविधिक रुपमा कस्तो देखिदै छ त बजारको मुभमेन्ट ? 

बजार बढ्ने क्रममा भोलुम समेत बढ्दै जाँदा बजारको उकालो यात्रा अझ बलियो हुँदै गएको छ। अब लगानीकर्ताले बिशेष गरि हेर्नु पर्ने बिन्दुहरु भनेको २८७८ र २७५० हुन् ।  बजार बढ्दै गएर २८७८ को बिन्दुलाई भोलुम सहित क्रस गरेको खण्डमा बजारको अर्को टार्गेट २९७५ को हुन जान्छ भने २९७५ को बिन्दुलाई पनि क्रस गर्दै माथि गएको अवस्थामा ३२८० को टार्गेट बन्न जान्छ । यदि बजार घट्यो र भोलुम सहित २७५० भन्दा पनि तल गयो भने बजारको यात्रा २६०० तिरको हुन सक्ने सम्भावना रहन्छ ।  

बजारको मुभमेन्ट लाइ विश्लेषण गर्दा बजार बढ्ने नै देखिन्छ ।  प्राविधिक विश्लेषणका आधारभूत सूचकहरुले पनि बजारको यात्रा माथितिरकै हुने देखाईरहेका छन् ।  

नोटः माथि गरिएको विश्लेषणको आधारमा खरिद-बिक्रिको निर्णय नलिनुहोला ।  शेयर बजार जोखिमको क्षेत्र हो । लगानीकर्ताले  शेयर खरिद-बिक्रि गर्दा स्व-अध्ययन र स्वविवेक प्रयोग गर्नुहोला ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको