सिटी एक्सप्रेस मनी ट्रान्सफरले “सिटी आयो लखपति बनायो” योजना अन्तर्गत कार्तिक महिनाको पाँच भाग्यशाली बिजेताको नाम सार्वजनिक गर्दै योजना समापन भएको घोषणा गरेको छ ।
सोही योजना अन्तर्गत ५ जनाले जनही १ लाख रूपैयाँ जित्न सफल भएको सिटी एक्सप्रेसले जानकारी गराएको छ । कम्पनीले विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदीबाट रेमिटान्स पठाउने खगेन्द्र बुढाथोकीे , मलेशियाबाट उदय राम यादव, कुवेतबाट रमिता तामाङ , कोरियाबाट दिल बहादुर पुन साथै अन्तिममा कतारबाट रेमिटान्स पठाउने चिनाक हरिजन गरी ५ जना लखपति बन्न सफल भएका छन् ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड २०७८ सालको दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुसँग पर्वको खुशी साट्न लगातार ६१ दिनसम्म चल्ने “सिटी आयो लखपति बनायो ” उपहार योजना गत भदौ ३१ गते घोषणा गरेको थियो ।
सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना (कुल ६१ जना) विजेतालाई १० हजार रूपैयाँ उपहार प्रदान गरेको छ । साथै हरेक महिना ५ जनालाई १ – १ लाख रूपैयाँ गरी २ महिनासम्म १० जना लखपति बन्न सफल भएका छन् ।
कम्पनीका अनुसार यस “सिटी आयो लखपति बनायो” अफर असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म चलेको थियो । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राहीलाई यो उपहार योजनामा सहभागी गरिएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस