Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई जनरलको क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न

अर्थ संसार

विहीबार, ०२ मंसिर २०७८, १७ : ०७ मा प्रकाशित

आइएमई जनरलको क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेकाे छ ।

कृषि तथा पशुपन्क्षी बीमा क्षति मुल्याङ्कनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपन्क्षी बीमाको लागि कम्पनीको लागि तोकिएका जिल्लाहरु सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाका सहभागिहरुलाई एकै स्थानमा समावेश गरी कार्तिक २८ गतेदेखि कार्तिक ३० गतेसम्म सोलुखुम्बु जिल्लाको पत्ताले गुठीभवन, पत्ताले सोलुखुम्बुमा बीमा समितिको प्रतिनिधिको रोहवरमा तालिम सम्पन्न गरिएकाे हाे ।

उक्त तालिममा १५ जना व्यक्तिहरुको सहभागिता रहेको थियो । क्षति मुल्याङ्कनकर्ताको तालिम पश्चात कृषि तथा पशुपन्छी बीमाको क्षतिको लागि तोकिएको सीमाभन्दा बढीको क्षतिमा क्षति मुल्याङ्कनकर्ताले मुल्याङ्कन गरी दावी भुक्तानी गर्ने व्यवस्थाबाट कृषि तथा पशुपन्छी बीमामा उल्लेख रुपमा सुधार भई कम्पनीले ग्राहक महानुभावहरुलाई बीमा सेवा प्रदान गर्न सहज हुने अपेक्षा कम्पनीले लिएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको